काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गते बुधबारदेखि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका गर्न आईपीओ बिक्री गर्न लागिएको हो ।
स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता र २ लाख ६७ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेकाहरुका लागि छुट्याइएको छ ।
कम्पनीले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको हो ।
स्थानीय बासिन्दाहरुले आईपीओका लागि छिटोमा माघ १० गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १० गतेसम्म मात्रै आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले प्रतिकित्ता ३६० रुपियाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने सह बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटलले जनाएका छन् ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बिक्री गरेपछि स्थानीयहरुका लागि आईपीओ निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ ।