रिलायबल नेपाल लाइफद्वारा १६.८४ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नारायणहरि अधिकारीले जनाएका छन् ।

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।  
 

Advertisement

Advertisement