हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठलके आव २०७९÷८० को नाफाबाट ८.६३ प्रतिशत बोनस शेयर र ६.३७ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्तावन गर्ने निर्णय गरेको हो ।

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने नायब महाप्रबन्धक ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् । 
 

Advertisement

Advertisement