काठमाडौं । कुमारी बैंकले माघ २८ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । यसवर्ष साधारण सभामा लाभांश प्रस्ताव गरिने छैन ।
साधारण सभा प्रयोजनका लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।