नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई गर्यो निलम्बन

Advertisement

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भई सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । 

क्यानले आज विज्ञप्ति प्रकाशित गरी लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।

Advertisement

जिल्ला अदालत काठमाडौंले हिजो सन्दीपलाई आठ वर्षको जेल सजाय हुने फैसला सुनाएको थियो ।


 

Advertisement

Advertisement