पञ्चकन्या माई हाइड्रोको साधारण सभाबाट पक्का र गिरी सञ्चालक चयन

Advertisement

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा गत मंगलबार सम्पन्न भयो । 

उक्त सभामा संस्थापक शेयर सदस्य, सर्वसाधारण शेयर सदस्य, कम्पनीका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको  थियो । 

Advertisement

उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित भए ।  

साथै कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक र शेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तरक्रिया समेत भएको थियो ।

Advertisement

Advertisement