काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्ससम्म नबिल बैंकले २ अर्ब ९६ करोड नाफा कमाएको छ ।
नबिलले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाएको आज राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ७३ करोड नाफा कमाएर दोस्रो भएको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक २ अर्ब ६० करोड नाफा कमाउँदै तेस्रो स्थानमा देखिएको छ ।
प्राइम कमर्सियल बैंक र एनआईसी एशिया बैंक क्रमशः एक अर्ब ९२ करोड र एक अर्ब ८५ करोड नाफा कमाउँदै चौथो र पाँचौं भएका छन् ।
सबैभन्दा कम कृषि विकास बैंकले ४० करोड ३८ लाख मात्रै नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
पाँच महिनामा कुन बैंकले कति कमाए ?