कामै नगरी बढी तलब खाएको भन्दै तलब घटाएपछि निफ्राका सीईओले दिए राजीनामा

Advertisement

काठमाडौं । लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने महत्वकांक्षी योजनाका साथ स्थापना भएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले प्रगति गर्नेभन्दा सुस्ताउँदै गएको छ । 

लगानी विस्तार खासै गर्न नसकेर मुद्दती निक्षेपमा रकम राख्दै ब्याज आम्दानी गर्दै आएको निफ्राका सीईओ रामकृष्ण खतिवडाले खासै काम गर्न नसकेको कारण देखाउँदै नेपाल राष्ट्र बैंकलले तलब सुविधा कटौतीको तयारी गरेपछि उनले राजीनामा दिएका छन् । 

Advertisement

राष्ट्र बैंकले तलब सुविधामा कटौती गर्ने तयारी गरेपछि उनले कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । खतिवडा चार बर्षका लागि २०७७ पुस २९ मा नियुक्त भएका थिए । उनको राजीनामापछि बैंक सञ्चालक समितिले नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई निमित्त सीईओ नियुक्त गरेको छ ।

कुनै कार्यक्षमता प्रस्तुत नगरी गएको आर्थिक बर्षमा एक करोड ३७ लाख ५० हजार तलब सुविधा बुझेका खतिवडासँगै यति ठूलो बैंकको नेतृत्व गर्ने खासै क्षमता नहुँदानहुँदै पनि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाको दबाबमा उनलाई नियुक्त गर्ने काम भएको थियो । सञ्चालन खर्च निकै कम हुँदाहुँदै पनि लगानी नीति प्रभावकारी बनाउन नसक्दा निफ्राले आफ्ना लगानीकर्तालाई निकै निराशाजनक प्रतिफल दिएको छ । 

Advertisement

Advertisement