विभिन्न स्थानमा माघ ५ गतेदेखि ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदै

Advertisement

काठमाडौं । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले शुक्रबार माघ ५ गते, अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’सञ्चालन गर्न लागेको छ । 

काठमाडौंको डिल्लीबजार स्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकैछाना मूनी अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । 

Advertisement

कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन् । साथै कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ ।

कार्यक्रममा विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति जानकरी उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ ।

ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्व स्तरका विश्वविद्यालयहरू जस्तै युनिभर्सिटी अफ सिड्नी (विश्वमा १९औं स्थानमा), न्यू साउथ वेल्स युनिभर्सिटी , सिड्नी (विश्वमा १९औं स्थानमा), युनिभर्सिटी अफ क्वीन्सल्याण्ड (विश्वमा ४३औं स्थानमा), युनिभर्सिटी अफ एडिलेड (विश्वमा ८९औं स्थानमा) का प्रतिनिधिहरू सहभागी हुनेछन्  ।

काठमाडौंमा शुक्रबार फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले भरतपुर उकालोमा  स्थित चितवन शाखाको शनिबार,  माघ ६ गते १० बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ । जसमा अष्ट्रेलियाका विभिन्न  युनिभर्सिटीका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

यस्तै राजमार्ग चौराहामा  स्थित बुटवल शाखाको कार्यक्रम आइतबार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।  जसमा अष्ट्रेलियाका युनिभर्सिटीका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

ग्लोबल रिचको भाटभटेनीमा  स्थित पोखरा शाखाको कार्यक्रम सोमबार, माघ ८ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछ ।  जसमा अष्ट्रेलियाका युनिभर्सिटीका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रस्ट हुन सक्नेछन् । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क लाग्दैन ।
 

Advertisement

Advertisement