नेपाली सेनाद्वारा सशस्त्र प्रहरी बल पराजीत

Advertisement

काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हलचोकस्थित एपीएफ रंगशालामा भएको छ ।

३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोषकुमार ढकाल टिम क्याप्टेन रहेका थिए । 

Advertisement

प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले जित हासिल गरी विजयी भएको छ ।

undefined

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए । 

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका कार्यहरुमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरी बीचसमय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगिता लगायत अन्य गतिविधिहरु समेत गरिदै आएको छ ।

खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती थियो ।
 

Advertisement

Advertisement