आजको मौसम : पहाडी भेगमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञानका अनुसार आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही पहाडी भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।  
 
कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

त्यस्तै, दिउँसो कोसी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, पहाडी  भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको हो ।  

Advertisement

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

Advertisement

Advertisement