काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो।
बाटो सिफारिसका लागि उनले घुस लिएको आयोगले जनाएको छ । वडाध्यक्षसँगै रहेका बा७च १२९ नम्बरको कारका चालक बाह्रबिसे नगरपालिका– ७ मिलनटार स्थायी ठेगाना भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित अख्तियारले नियन्त्रणमा लिएको छ।