अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामी बोलपत्र आज खोल्ने

Advertisement

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामी बोलपत्र आज खोल्ने भएको छ ।

हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

Advertisement

सो समयभित्र प्राप्त भएको बोलपत्र आवेदन शुक्रबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

लिलामी सेयरमा करिब ३० हजार जनाले आवेदन दिएका छन् । 

undefined

Advertisement

Advertisement