हकप्रद निष्कासनका लागि अरुण भ्याली हाइड्रोको बुक क्लोज मिति तय

Advertisement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ ।

कम्पनीले माघ १५ गते बुकक्लोज गर्ने भएको छ । माघ १४ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

Advertisement

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

Advertisement

Advertisement