बैंकहरुको नाफा घट्यो, दोस्रो त्रैमासमा २० वाणिज्य बैंकमध्ये कुनले कति कमाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । वीस वाणिज्य बैंक मध्ये १६ वटाको नाफा घटेको छ । 

चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन, प्राइम, एभरेष्ट बैंकले नाफा बढाएका छन् भने ऋणात्मक अवस्थामा रहेको कृषि विकास बैंकले १ अर्ब ३५ करोड नाफा कमाएको छ । 

Advertisement

सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब २० करोड नाफा कमाए पनि गत आवको समीक्षा अवधिभन्दा ६.२८ प्रतिशतले नाफा घटाएको । नेपाल बैंकले सबैभन्दा बढी ४९.६० प्रतिशतले नाफा घटाएको हो । 

नाफा बढाउने मध्मे सबैभन्दा बढी हिमालयन बैंकले ५७.७३ प्रतिशतले नाफा बढायो भने प्राइम र एभरेष्टले चालु आवको दोस्रो त्रैमासमा गत आवको समीक्षा भन्दा क्रमशः ३२.१३ र ७.८८ प्रतिशतले नाफा बढाएका छन् । 

दोस्रो त्रैमाससम्म २० वाणिज्य बैंकले २८ अर्ब ७६ करोड नाफा कमाएका छन् भने गत आवको समीक्षा अवधिमा ३१ अर्ब ९४ करोड नाफा कमाएका छन् । बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण अनुसार यस आवको दोस्रो त्रैमाससम्म गत आवको समीक्षा अवधि भन्दा करीब १० प्रतिशत नाफा घटेको छ । 

कुन बैंकले कति कमाए ? 

undefined
 

Advertisement

Advertisement