आज अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउन्ड बढ्यो, अरू कुनको कति ?

Advertisement

काठमाडौं । आज २०८० माघ ११ गते, २५ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

अमेरिकी डलरको खरिदबिक्री मूल्य बिहीबार घटेको छ । बुधबार १ डलरको खरिदमूल्य १३२.७५ र बिक्रीमूल्य १३३.३५ रहेकामा बिहीबार भने घटेर खरिदमूल्य १३२.७० रुपियाँ र बिक्री १३३.३० रुपियाँमा रहेको छ ।

Advertisement

त्यसैगरी युरो भने बढेको छ । अघिल्लो दिन १ युरोबराबर खरिदमूल्य १४४.३३ र बिक्रीदर १४४.९९ कायम भएकामा बिहीबार भने खरिदमूल्य १४४.६० र बिक्रीमूल्य १४५.२६ पुगेको छ । 

त्यस्तै, विदेशी विनियम दर बढ्नेमा पाउन्ड स्टर्लिङ पनि छ । यस दिन पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६९.१४ र बिक्री १६९.९० निर्धारण गरिएको छ । अघिल्लो दिन भने क्रमशः खरिद १६८.६५ रुपियाँ र बिक्री १६९.४१ तोकिएको थियो ।

साथै, बिहीबार स्विस फ्रांक १ को खरिद १५३.३३ रुपियाँ र बिक्रीमूल्य १५४.२४ रुपियाँ कायम गरिएको छ भने अस्ट्रेलियन १ डलरको खरिद ८७.५८ र बिक्रीमूल्य ८७.९७ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी, क्यानेडियन डलर १ को खरिदमूल्य ९८.६८ र बिक्रीमूल्य ९९.६२ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९९.१७ र बिक्रीमूल्य ९९.६२ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ९ र बिक्रीमूल्य ९.०४ रुपियाँ चिनियाँ युआन १ को खरिद १८.५३ र बिक्रीमूल्य १८.६२ रुपियाँ तोकिएको छ । साउदी अरबियन रियाल १ को खरिद ३५.३८ र बिक्री ३५.५४ रुपियाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.४० र बिक्रीमूल्य ३६.५६ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७२ र बिक्रीमूल्य ३.७४ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१३ र बिक्री ३६.२९ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.०५ र बिक्री २८.१७ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९५ र बिक्री ९.९९ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.७२ र बिक्री १२.७७ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३९ र बिक्रीमूल्य १९.४८ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

बिहीबारका लागि हङकङ डलर १ को खरिददर १६.९७ र बिक्रीदर १७.०५ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३१.३६ र बिक्रीदर ४३३.३१ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिद ३५२.०१ र बिक्री ३५३.६० तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement