श्वेत-गंगा हाइड्रोको साढे ३८ लाख कित्ता सेयरको लक इन अवधि फागुन २ गते सकिँदै

Advertisement

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको संस्थापक सेयरको ‘लक इन’ अवधि फागुन २ गतेदेखि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी समूहको ३८ लाख ५१ हजार कित्ता सेयरको ‘लक इन' अवधि फागुन २ मा सकिन लागेको हो ।

यस कम्पनीमा संस्थापक समूहको तर्फबाट विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट–आईको ३८ लाख ५१ हजार कित्ता सेयर स्वामित्व छ । डोल्मा इम्प्याक्ट–आईको प्रतिनिधिले दिएको राजीनामा वि।सं २०७९ फागुन ३ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो ।

Advertisement

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त सेयरधनी संस्थाको नाममा रहेको खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको थियो । एक वर्षको लक इन अवधि फागुन २ गते समाप्त हुने कम्पनीले जनाएको छ ।

Advertisement