निर्यात व्यवसायी महासंघको बार्षिकोत्सवमा उत्कृष्ट निर्यातकर्ताहरु सम्मानित

निर्यातकर्ताहरुले उठाएका माग सम्बोधन गर्न अहिले सरकारसँग  बजेट छैन्ः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

निर्यात व्यवसायी महासंघको स्थापना दिवसमा बिहीबार आयोजित कार्यक्रममा उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको बताए । 

Advertisement

महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ ।’

महासंघले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्दै उनले सरकारले चाहँदाचाहँदै पनि देशमा आर्थिक स्रोतको कमिका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकर्तालाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे । 

त्यसैगरी, महतले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको बिषय उठाउन आवश्यक नरहेको बताए । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने बताए । महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्ने बताए । 

बार्षिकोत्सवमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएशनबाट कर्केनकुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्स एण्ड एक्पोर्टस एसोसिएशनबाट महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएशन अफ नेपालबाट शक्तिकुमार गोल्यान र फेडरेशन अफ लार्ज कार्डामोम इन्टरप्रेनर्स अफ नेपालबाट ईन्द्रकुमार अग्रवाल, त्यसैगरी, नेपाल ह्याण्डमेड पेपर एसोसिएशनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एण्ड हर्बल प्रोडक्ट्स एसोसिएशनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एण्ड एक्सपोर्ट एसोसिएशनबाट छेवाङ डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एशोसिएसनबाट श्याम लिम्बु, अर्गानिक एशोसियसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भटराई, हिमालयन अर्थोडक्स टिबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एशोसियसनबाट अमिरप्रताप जंग राना, नेपाल कथ्था उत्पादक संघबाट कैलाशचन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लास उद्योग फ्रफोसन एशोसियसन अफ नेपालबाट गोपीप्रसाद कँडेल, नेपाल ब्रुम एशोसियसनबाट संजिव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एशोसियसनबाट बिष्णु मदोगदिया, नेपाल डेरी एशोसियसनबाट निराजन कोईराला, रुद्राक्ष व्यवसायी संघबाट शालिकराम थापा र नेपाल कफी प्रोड्युसर्स एशोसियसनबाट बोधराज अर्याल छन् । 
  
फिनका अध्यक्ष शंकरप्रसाद पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, वाणिज्य सचिव नारायणप्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअर्थमन्त्री युवराज खतिवडा, पूर्वसचिव चन्द्रकुमार घिमिरेसहभागी थिए । 

Advertisement

Advertisement