शेयर बजार २०६१.७० अंकमा ओर्लियो, तीन अर्ब २१ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज पनि शेयर बजार ओरालो झरेको छ । गत साताको अन्तिम दुई दिन घटेको बजार आज तेस्रो दिन पनि लगातार घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३१ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २०६१.७० अंकमा ओर्लिएको छ । 

Advertisement

आज ३०७  कम्पनीका ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

समग्रमा बजार घटे पनि यूनिक नेपाल लघुवित्त, मोलुुङ हाइड्रो, समाज लघुवित्त, भगवति हाइड्रो र किसान लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.४६, ८.२०, ६.७८ र ६.६७  प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै महिला लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.३७  प्रतिशतले घाटा व्यहोरेका छन् । 

लगातार उच्च कारोबार भइरहेको हिमालय रि कै आज पनि उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ५८ लाख ३२ हजार ८ सय ९.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
 

Advertisement

Advertisement