काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुदर्शन आचार्यले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सय रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।