शेयर बजार दोहोरो अंकले उचालिंदा पनि कारोबार रकम खुम्चियो

Advertisement

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढ्दा पनि कारोबार रकम भने खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.५७ अंकले उचालिएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०७६.२७ अंकमा उक्लिएको छ ।

Advertisement

आज ३१० कम्पनी ७४ लाख ९१ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज नेपाल टेलिकम, पिपुल्स पावर, समाज लघुवित्त, जोशी हाइड्रो र गुराँस लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९६ र ७.६९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन हिजो आइतबार ५.३१ प्रतिशतले घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement