काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ रामबहादुर यादवले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८ करोड ४२ लाख ३ हजार २ सय १९.५३ रुपियाँ छ ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।