सानिमा जिआइसी इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स (जिआइसी) ले १० करोड ५५ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म ८ करोड ७३ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा १० करोड ५५ लाख रुपियाँ नाफा आर्जन हो । यो गत आवको सोही अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो । 

त्यसैगरी, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७. ८४ प्रतिशतले बढेर १३ करोड १८ लाख रुपियाँ पुगेको छ भने कुल दाबी भुक्तानी ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपियाँमा झरेको छ । गत आवमा यस्तो दाबी भुक्तानी ३६ करोड १९ लाख रुपियाँ थियो । 
समीक्षा अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३२.४२ प्रतिशतले बढी हो ।

Advertisement

चुक्ता पुँजी २ अर्ब रुपियाँ रहेको कम्पनीको बीमा कोषमा ४ अर्ब १५ करोड रुपियाँ छ । त्यस्तै, प्रतिशेयर आम्दानी १०.५६ रुपियाँ र प्रतिशेयर नेटवर्थ भने १३७.९८ रुपियाँ कायम छ । 

Advertisement

Advertisement