सात हाइड्रो र दुई बीमा कम्पनी हकप्रद निष्काशनको पाईपलाइनमाः कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनका लागि विभिन्न ९ कम्पनीले आवेदन दिएका छन् । ७ वटा हाइड्रो कम्पनी र २ वटा बीमा कम्पनी हकप्रदका लागि सेबोनको स्वीकृति पर्खिरहेका छन् । 

लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखु खोला जलविद्युत, बरुण हाइड्रो, एनएलजी इन्स्योरेन्स, जोशी हाइड्रो, छ्याङ्दी हाइड्रो, एलआईसी नेपाल र हिमालय उर्जा विकास कम्पनी हकप्रद शेयर निष्काशनका लागि बोर्डमा पाइपलाईनमा रहेका छन् । कूल ३ करोड ७२ लाख ३७ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति मागिएको हो ।

Advertisement

लिवर्टीले ७५ लाख कित्ता, ङादीले १ करोड ८५ लाख १२ हजार ७ सय ९२.२३ कित्ता, आँखु खोलाले १ करोड २० लाख कित्ता, बरुणले ५३ लाख ५८ हजार १ सय ५० कित्ता, एनएलसीले ९६ लाख ३१ हजार २ सय २०.२२ कित्ता, जोशीले २४ लाख १४ हजार १ सय कित्ता, छ्याङ्दीले ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता, एनआईसीले २ करोड ३४ लाख ६८ हजार कित्ता र हिमालय उर्जाले ९९ लाख कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएका हुन् । 

यी कम्पनीहरुले क्रमशः भदौ २१, भदौ २१, भदौ २१, भदौ २२, कात्तिक २, मंसिर २०, जेठ २२, असोज २९ र असार ३१ गते आवेदन दिएका हुन् । 

आईपीओ निष्काशनका लागि लिवर्टीले प्रभु क्यापिटल, ङादीले सिद्धार्थ क्यापिटल, आँखु खोलाले नबिल इनभेष्टमेन्ट, बरुणले आविवि मर्चेन्ट, एनएलजीले लक्ष्मी सनराइज क्यापिटल, जोशीले लक्ष्मी सनराइज क्यापिटल, छ्याङ्दीले ग्लोबल आईएमई क्यापिटल, एनआईसीले नेपाल एसविआई मर्चेन्ट र हिमालय उर्जाले नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेका छन् । 

undefined
 

Advertisement

Advertisement