सिंगटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले बुधबार (आज) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । 

कम्पनीले १ः१ अनुपातमा १०० अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपियाँबराबरको १ करोड ४५ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

हकप्रद शेयरका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १९ गतेसम्म नेप्सेमा कायम लगानीकर्ताले सेयर दाबी गर्न पाउनेछन् । 

कम्पनीको हकप्रद शेयर निष्कासनलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यस हकप्रद सेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपियाँ रहेको छ ।

Advertisement

Advertisement