आजै नयाँ गठवन्धनको सरकार बन्ने संकेत, ओली बालुवाटार जाँदै, देउवाको प्रयास असफल

Advertisement

काठमाडौं । नेपाली कांग्रेससहितको सत्तारुढ गठवन्धन आजै विघटन भएर आज (सोमबार) नयाँ गठवन्धनको सरकार बन्ने संकेत देखिएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन् । उता बालुवाटारमा सत्तारुढ माओवादी केन्द्रको बैठक जारी छ । 

Advertisement

गठवन्धन जोगाउने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रयास विफल हुँदै गएको छ । गठवन्धन जोगाउन देउवा यसअघि प्रधानमन्त्री रेणु दाहालकी छोरी रेनुले भरतपुरमा आयोजना गरेको सामान्य कायक्रममा सहभागी हुन पुगेका थिए । 

दाहालको नेतृत्वमा पश्चिमाहरुको मुख्य समर्थनमा बनेको सरकार फेरबदल हुन लागेको हो । यसमा छिमेकी चीन र भारतको बढी चासो देखिन्छ । 
माओवादी र एमालेबीच राष्ट्रिसभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी काम र नयाँ समीकरण बनाएर जाने भित्री समझदारी भइसकेको छ । 

Advertisement