रवि लामिछानेसहितको नयाँ गठवन्धनको बैठक बालुवाटारमा, मुख्यमन्त्री आलोपालो, राप्रपा ‘नो’

Advertisement

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको नयाँ गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्रका नेताहरु सहभागी छन् ।

मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने उद्देश्यले बसेको बैठकमा सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरिएको छ । यस पटक नयाँ गठवन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य साना दललाई समेटेर सरकार बनाउन लागेको हुन् । 

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । त्यसका लागि स्वतन्त्र पार्टीसहित मधेसी दलहरुलाई मन्त्रीको नाम पठाउन आग्रह गरिएको छ । साथै, गठवन्धनले प्रदेशहरुको मुख्यमन्त्री आलोपालो गरेर हुने प्रारम्भिक सहमति गरेका छन् । 

Advertisement