आफ्ना एक जना साँसदले पनि बाबुराम भट्टराईलाई छोडेर दाहालसँग मिले

Advertisement

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । उक्त पार्टीका एक जना मात्रै साँसद महिन्द्र राय यादवले पार्टी फुटाएर माओवादी केन्द्रमा मिसिएका छन् । 

यादव समूहले पार्टी फुटाएर प्रधानमन्त्री समेत  रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एकता गर्ने सहमति गरेको छ ।

Advertisement

दाहालको अध्यक्षतामा शनिबार बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ । पछिल्लो समयमा बाबुराम भट्टराई र दाहालको सम्वन्ध चिस्सिएको छ । नयाँ गठवन्धन बनेपछि भट्टराईले त्यसको आलोचना गरेका थिए । तर यादव भने मन्त्री पाउने आशामा दाहालसँग मिल्न गएको अनुमान गरिएको छ । 

पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरिएको छ । 

Advertisement

Advertisement