नेपाल-कोरिया सम्बन्ध विस्तारको ५० वर्षः जुगल हिमाल चढ्ने १० जनाको रोयल्टी दस्तुर मिनाहा

Advertisement

काठमाडौं । नेपाल–कोरियाको सम्बन्ध विस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीलाई सिन्धुपाल्चोकस्थित जुगल–१ र जुगल–२ आरोहण गर्दा १० जनाको लाग्ने रोयल्टी (सलामी) दस्तुरमा छुट दिने निर्णय भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जुगल–१ र जुगल–२ आरोहणको रोयल्टी मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेशा शर्माले जानकारी दिइन् ।  

Advertisement

कोरियन अल्पाइन महासंघको नेपालका लागि सम्पर्क कार्यालयका अध्यक्ष ङावाङिमा शेर्पाका अनुसार ५० वर्ष पुगेको अवसरमा ऐतिहासिक कार्यक्रमको तयारी गरिरहेका बताए । आरोहण दलले समुन्द्री सतहबाट छ हजार ५९० मिटर उचाईको जुगल–१ र छ हजार ५१८ मिटर उचाईको जुगल–२ आरोहण गर्नेछन् ।

प्रसिद्ध हिमाल आरोही तथा ओम ओङ्गील ह्युमेन फाउन्डेसनको कार्यकारी निर्देशक ओम ओङ्गीलको नेतृत्वमा कोरिया र नेपालका गरी १४ जना आरोहीले यी दुई हिमालहरु आरोहण गर्ने छन् । आधार शिविरसम्म ट्रेकिङका लागि अन्य ५० जना कोरियान आउने छन् । जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, द ओम ओङ्गील ह्युमेन फाउन्डेसन र कोरियान अल्पाइन रेस्क्यु एशोसियसनको आयोजनामा हुने जुगल आरोहणको नाम ‘नेपाल कोरिया फ्रेण्डशिप एक्स्पेडिशन् २०२४’ राखिएको शेर्पाले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बार्ड, जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, कोरियन सञ्चालक संघ, नेपालस्थितको कोरियाको दूतावास र कोरियन अल्पाइन रेस्क्यु संघ र कोरियाको ओम ओङ्गिल ह्युमेन फाउन्डेसनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।  नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल-कोरिया सम्बन्ध बिस्तारको ५० वर्षः जुगल हिमाल आरोहणको तयारी

Advertisement

Advertisement