कुमारी बैंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी हरिकृष्ण ढुंगेलको नाममा रहेको सो शेयर बिक्रीमा ल्याएको हो ।

शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

Advertisement

बैंकका अनुसार शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । बिक्रीमा राखिएको उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवदेन दिनुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिनेछ । 

Advertisement

Advertisement