एनएमबि बैंकको ५२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

Advertisement

काठमाडौं । एनएमबि बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । 

बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपियाँ तोकिएको छ । 

सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले चैत २२ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement