आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षा, तराईमा हावाहुरीको चेतावनी

Advertisement

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

Advertisement

त्यस्तै, कोशी प्रदेशसहित केही पहाडी भू–भागका ‍एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरी चल्ने विभागले जनाएको छ । 

साथै, राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

विभागले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पूर्वानुमान गरेको छ । 

त्यसैगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावनासमेत छ । 

विभागले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई स्थानमा हावाहुरीको सम्भावना जनाएको छ । 

Advertisement

Advertisement