राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैनः पूर्वप्रधानमन्त्री डा भट्टराई

Advertisement

त्रिवेणी । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् ।  

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आज आयोजित ‘नेपालको अर्थतन्त्रमा वर्तमान परिदृष्य र अबको यात्रा’ विषयक अन्तरसंवादमा डा भट्टराईले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता र त्यसका लागि राजनीतिक संरचनामा परिवर्तन आवश्यक रहेकामा जोड दिए । 

Advertisement

उनले भने, “अर्थतन्त्रको अवस्था सुधारर्न गम्भीर शल्यक्रिया गर्नुपर्नेछ ।  त्यसका लागि राजनीतिक क्षेत्रमा गम्भीर हस्तक्षेप नगरी हुँदैन । अहिलेको अस्थिर राजनीतिक प्रणाली रहेसम्म राजनीतिक स्थिरता र सही राजनीतिक नेतृत्वको विकास हुँदैन । त्यसकारण देश विकासका लागि राजनीतिक संरचना बदल्न आवश्यक छ ।”

अहिलेको व्यवस्थामा छरछ महिनामा सरकार फेरिने र विकासको कुनै प्राथमिकता नहुने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्णसमानुपातिक संसद् बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्ने उनको भनाइ छ ।  

“सरकार छ–छ महिनामा फेरिएका छन् । त्यसले प्राथमिक विषयमा पनि काम गर्न सकिएको छैन । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र मुख्यमन्त्री, पूर्णसमानुपातिक संसद हुनेगरी सुधार आवश्यक छ”, डा भट्टराईको भनाइ थियो । 
यस्तै, भ्रष्ट्राचार नियन्त्रणका लागि संसदप्रति उत्तरदायी हुने अधिकार सम्पन्न जनलोकपाल निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए । रासस  

Advertisement

Advertisement