वात्सल्य नेचुरल आईभीएफको  चितवनमा नयाँ क्लिनिक विस्तार

Advertisement

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निःसन्तान उपचार सेवा प्रदायकले चितवनमा आफ्नो नयाँ क्लिनिक संचालन भएको घोषणा गरेको छ । 

क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर गरेका हुन् । ट्दै 

Advertisement

गुणस्तरीय प्रजनन् उपचार नेपालभर सहज रुपमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप यस शाखाको विस्तार भएको र निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको वात्सल्यका कार्यकारी निर्देशक सुवेदीले बताए ।

स्थापनाको छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै आएको र आम सेवाग्राहीको विश्वास जित्दै आएको यस क्लिनिकले, नेपालमै सर्वाधिक आईभीएफ सफलता, निःसन्तान उपचारबाट सर्वाधिक स्वस्थ शिशुको जन्म, सर्वाधिक निःसन्तान विशेषज्ञको टोली, सर्वाधिक निःसन्तान उपचार शाखा संचालन जस्ता विभिन्न मानकमा आफूलाई अब्बल साबित गर्दै  आफूलाई नेपालकै नं १ आईभीएफ क्लिनिकको रुपमा स्थापित गर्न सफल भएको जनाएको छ । 

undefined

चितवनमा भर्खरै उद्घाटन गरिएको वात्सल्यको नयाँ शाखाले हालक निःशुल्क आईयूआई प्रदान गरिरहेको छ । यस बाहेक यस क्लिनिकमा प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवूलेशन इन्डकसन, आई।भी।एफ, फर्टिलिटी फ्रिजिंग जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिन्छ ।
 

Advertisement

Advertisement