लामिछानेलाई पक्राउको हल्ला चलेपछि रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला हुँदै

Advertisement

काठमाडौं । आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउको हल्ला चलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् ।

अहिले सो पार्टीका सभापति, पदाधिकारी र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएको पो पार्टीका नेताहरुले बताएका छन् , कार्यकर्तालाई पनि कार्यालयमा उपस्थित हुन आव्हान गरिएको छ । सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए।

Advertisement

लामिछानेसमेत सञ्चालक तथा व्यवस्थापक रहेको गोरखा मिडिया नेटवर्कका साझेदार एवं पूर्व डीआईजी छबिलाल जोशीलाई गत असोज ६ गते नै पक्राउ गरेर सरकारले लामिछानेलाई समेत पक्राउ गर्ने संकेत दिइसकेको छ । 

Advertisement

Advertisement