उपेन्द्र समूह सत्ताबाट बाहिरिएपछि अशोक राई समूहबाट थप मन्त्रीका लागि नाम सिफारिस

Advertisement

काठमाडौं । सरकारबाट जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूह बाहिरिएपछि अशोक राई समूहले थप मन्त्रीका लागि तीन जनाको नाम सिफारिस गरेको छ । 

राई नेतृत्वको जसपाले थप दुई मन्त्री र एक राज्यमन्त्रीका लागि नाम सिफारिस गरेको हो । जसअनुसार सो समूहका सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खानलाई राज्यमन्त्रीमा नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिफारिस गरिएको छ ।

Advertisement

यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री दिने टुंगो लागे पनि झाको मन्त्रालय टुंगो लागेको छैन् । पार्टी फुटाएर सरकार टिकाउन गुन लगाएवापत राई समूहलाई विशेष सुविधा दिन लागिएको हो । 

Advertisement

Advertisement