आजको मौसम : यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

त्यसैगरी, कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै, बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा तराई भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना  छ ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपात हुनेछ ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हिमपात हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement