संस्थापक अध्यक्ष रेग्मीको निधनमा मुक्तिनाथ विकास बैंकले गर्यो शोक सभा

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौमा मंगलबार शोक सभा कार्यक्रम सम्पन्न भएको छ । 

उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा बृद्धिको लागि गर्नु भएको योगदानको चर्चा गरिएको थियो । 

Advertisement

विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक शैली तथा सेवाहरु सहित बैंकको व्यवसायलाई विस्तार गर्नु आफैमा कठिन काम थियो । तथापी, सञ्चालक समितिमा उनको कुशल नेतृत्वले बैंकलाई नयाँ उचाईमा लैजान सफल भएका थिए । 

संस्थापक अध्यक्ष रेग्मीको जेठ ०१ गते बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको हो । उनी लामो समयदेखि बिरामी भई उपचाररत थिए । 

वि.सं.२००६ साल साउन १५ गते भिरकोट नगरपालिका वडा नं.–७, (साविक खिलुङ गाविस वडा नं.–२) स्याङ्गजामा पिता देविप्रसाद रेग्मी र माता नोमा कुमारी रेग्मीको कोखबाट जन्मिएका उनले करिव २३ वर्ष शिक्षण पेशामा विताएका थिए । उनको मंगलबार साँझ स्याङ्गजाको राम्दीमा हिन्दु परम्परा अनुसार अन्त्यष्ठी भएको छ । 
 

Advertisement