आजको मौसम : कोशी, मधेश र गण्डकी प्रदेशमा भारी वर्षा हुने

Advertisement

काठमाडौं । हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागमा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञानका अनुसार मधेश, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

विभागले पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनेछ ।

राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली  रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशको पूर्वी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने बताएकाे छ ।

साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

Advertisement

Advertisement