राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’, को–को परे ?

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जना व्यक्तिहरुको नाम ‘सर्ट लिस्ट’ भएको छ । 

जेठ ६ गतेको बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकले सीईओ पदमा दरखास्त दिएकाहरूमध्येबाट उम्मेदरवारको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनालाई छनौट गरिएको बताएको छ । 

Advertisement

छनौटमा पर्नेहरूमा क्रमशः कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् । 

समितिले उल्लिखित पाँचै जना उम्मेदरवारलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन भनेको छ । 

अन्तर्वाताका लागि सञ्चालक समितिको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा तोकिएको छ । 

Advertisement

Advertisement