संसदमा विकसित घटनाक्रमहरु सुखद् छैनन्ः माधव नेपाल

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको बताएका छन् । 

मंगलवार धनुषामा आफ्नो पार्टी निकट पत्रकारहरुको कार्यक्रममा उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताए । 

Advertisement

संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने माधव नेपालले बताए । उनले भने, ‘यो सरकारमा हामी सामेल छौँ । यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित सबै घटक सदस्यहरुको माझमा राम्रो विश्वास, राम्रो सहयोग, समझदारी, राम्रो सहकार्य हुनुपर्दछ । हामी देशका सबै शक्तिहरुसँग सहमतिका साथ अघि बढ्न चाहन्छौँ । संसदमा जुन किसिमका घटनाहरु भइरहेका छन्, ती वास्तवमा सुखद् छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ ।’ 

नेपालले थपे, ‘अरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन । निजी हितमा सोच्नु हुँदैन । हिजो एक किसिमको अवस्था थियो । अवस्थामा परिवर्तन भएको छ । हामीले विभिन्न पार्टीका नेताहरुसँग एक ढंगले संवाद कायम गरेका थियौँ । सहकार्य गर्दै आएका छौँ । अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था पनि बनेको छ । अब यी सबै कुराका सन्दर्भमा कुनै पनि पार्टी फुटोस् भन्ने पक्षमा छैनौँ ।’

Advertisement

Advertisement