काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस-टि ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्नेगरी सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार यसै साउन मसान्तसम्म एक्सप्रेस–टि ट्याक्सी खरिद गर्ने चालकहरुले पठाओमा निःशुल्क दर्ता गर्न पाउने छन् ।
पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै बिद्युतीय गाडीहरु छन् ।
यो सहकार्यले एक्सप्रेस–टि ट्याक्सी ग्राहकहरुले सजिलै निःशुल्क पठाओमा आबद्ध हुने सक्नेछन् भने यात्रुहरुले सजिलै बिद्युतीय ट्याक्सी मार्फत आरामदायी यात्रा गर्न सक्ने छन् ।