चौधौं वार्षिकोत्सवमा फुडमाण्डुद्धारा वानमार्ट सुरु, खानाबाहेक अरु पनि डेलिभरी गर्ने

Advertisement

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी (खाना पुर्याउने) कम्पनी फुडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सवमा वानमार्ट सार्वजनिक गरेको छ । 

सन् २०१० मा स्थापना भएको यो कम्पनीले बानमार्टमार्फत अब ग्रोसरी लगायत दैनिक आवश्यक वस्तु पनि घरमै डेलिभरी गर्ने बताएको छ । यो कम्पनीले राजधानी काठमाडौंसहित पोखरा, चितवनमा रेष्टुरेन्टहरुसँग सहकार्य गरेर ग्राहकहरुले अनलाइनमार्फत गरेको अर्डर (माग)अनुसार खानाका परिकारहरु पुर्याउने काम गर्छ । यस्तो खाना ओसार्ने कार्यमा झण्डै चार सयलाई रोजगारी दिएको कम्पनीको दावी छ । 

Advertisement

अब ग्राहकले आफूहरुको एप्लिकेसनमार्फत सात सयभन्दा बढी उच्च गुणस्तरीय वस्तुको डेलिभरी पाउने फुडमाण्डुको भनाई छ । 

Advertisement

Advertisement