काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्रीमा राखेको छ ।
प्रतिकित्ता १०२ रुपियाँ तोकिएको सो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर किन्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र खरिद आवेदन परेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।