चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Advertisement

काठमाडौं । आज संसदीय समितिअन्तर्गत चारवटा बैठक बस्दैछन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो । 

Advertisement

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यसैग्री बिहान ११ बजे नै विधायन व्यवस्थापन समिति बैठक बस्नेछ । बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

दिउँसो १.३० बजे बस्ने बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरू छलफल हुनेछन् । 

सो बैठकमा संसद् सचिवालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र उक्त मन्त्रालयका सचिवलाई बोलाएको छ । 

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ । 

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपाय, सगरमाथा क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसर एवं आगामी कार्यदिशा छलफको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Advertisement

Advertisement