आजको मौसम : हावाहुरी र चट्याङसहित यी स्थानमा हुनेछ वर्षा

Advertisement

काठमाडौं । नेपालमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिमबांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

साेही कारण बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हावाहुरी चल्नुका साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

त्यसैगरी राति कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ विभागको भनाइ छ ।

कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानमा तथा  बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पनि विभागको पूर्वानुमान छ ।

 

Advertisement

Advertisement