अब सन्तानले आफ्नो कमाइकाे १० प्रतिशत बाआमालाई दिनुपर्ने

Advertisement

काठमाडौं । अब सन्तानले आफ्नो कमाइकाे १० प्रतिशति बाआमालाई दिनुपर्ने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐन आउने तयारीमा रहेको र सो ऐनमा सन्तानले आफ्ना बाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको बताएकी छिन् । 

Advertisement

सामुदायिक विकास तथा सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको स्थापना दिवस एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रममा मन्त्री चौधरीले छिट्टै नियमावली जारी हुने बताइन् ।

उनले विधेयक समितिले ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित गरेको र संसद्बाट जारी हुने बताउँदै भनिन्, 'सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बाआमालाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।'

विधेयक पारित भएर ऐनले दिएको अधिकार ७५३ वटै पालिकामा पठाएर कार्यान्वयनमा ल्याउने तयारीमा रहेको मन्त्री चौधरीको भनाइ छ । 

संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने बताइन् । 

Advertisement

Advertisement