काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९–८० मा ३० लाख ७३ हजार ७ सय ५१.०१ रुपियाँ नाफा भएकोमा २० प्रतिशत जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार ८१ पैसा रिटेन अर्निङमा राख्ने निर्णय गरेको सीईओ किशोरी महतालेले जनाएका छन् ।
सञ्चालक समितिको निर्णय राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।