ग्रामीण भेगका युवालाई चौधरी फाउन्डेसनले दियो इलेक्ट्रिकल उपकरण मर्मत तालिम

Advertisement

काठमाडौं । चौधरी फाउन्डेसनको  आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ ।

मंगलबार एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन् । 

Advertisement

यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको  छ । काठमाडौँको चन्द्रागिरी नगरपालिकामा संचालित यस कार्यक्रम सफलतापुर्बक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ ।

यसैबीच, चौधरी फाउन्डेसनले तिनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु गर्ने जनाएको छ । यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सिप विकासमा सहयोग गरिरहेका छौं, ताकि उनीहरु देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन । विश्वकै प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनि एलजी इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिम मार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु  चौधरी गु्रपको कर्तब्य समेत हो । चौधरी ग्रुप नेपालका एलजी इलेक्ट्रोनिक्ससँग ४० वर्ष भन्दा बढीको ब्यवसायीक सम्बन्ध रहेको छ ।’

समारोहमा बोल्दै चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी गु्रपसँग सहकार्य गर्न पाउदा उत्साहित भएको बताए । ‘यस्ता तालिमले मान्छेमा सीप भर्ने र देशमै केहि गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहान गर्नेछ’,  गिरीले भने । 

Advertisement

Advertisement