काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन; सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीबारे छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २११औँ बैठक साढे १२ बजे बस्नेछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्षलाई बोलाइएको छ ।
बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्था लगायत विषयमा छलफल हुनेछ ।
त्यस्तै, ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाबारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।